नाटक ‘माण्डवी’ र ‘अनुत्तर’ मञ्चन हुँदै

हिमाल प्रेस २३ असार २०८१ २०:२५
74
SHARES
नाटक ‘माण्डवी’ र ‘अनुत्तर’ मञ्चन हुँदै

काठमाडौँ- लेखक तथा निर्देशक राम के.ए.सी.ले दुई वटा नाटक मञ्चनको घोषणा गरेका छन्। उनले फरक विधाका दुई नाटकहरू ‘माण्डवी’ र ‘अनुत्तर’ मञ्चन गर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत् घोषणा गरेका हुन्।

‘माण्डवी’ एस इन्स्टिट्युड अफ म्यानेजमेन्ट र त्यही मातहतका विद्यार्थीहरूको थिएटर क्लबको प्रस्तुतिमा मञ्चन हुन लागेको हो। यो नाटक मण्डला थिएटर थापागाउँमा असार २८ गतेदेखि साँझ ५ बजे र अतिरिक्त शो हरेक दिन मध्याह्न १२ बजेदेखि हुनेछ।

नाटकमा निलिमा पाण्डे, अभिषेक प्रधानाङ्ग, सनम अर्याल, आस्का गौचन, प्रयानमान बुद्धाचार्य, उषा कुसुम पुरी, युनेश तखाछेँ र नुरेश पौडेलको अभिनय रहनेछ।

‘पढाइ, करियर, जागिर, पैसा, सम्पत्ति, आफ्नो बिरानोको चक्रव्यूहमा मानिसहरूले स्वयंलाई बिर्सिएपछि सुरु हुने खोज र आधुनिक समयले व्यस्तताको भ्रूणबाट जन्माएको सम्बन्धहरुको अदृश्य ऐंठनको विषयवस्तु नाटक माण्डवीले उठान गरेको छ,’ के.ए.सी.ले भनेका छन्।

त्यस्तै ‘अनुत्तर’ सद्भाव थिएटर नेपालले साउन १ गतेदेखि ७ गतेसम्म मञ्चनमा ल्याउने भएको छ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा हरेक साँझ ५ः३० बजे र अतिरिक्त शो १ः३० बजे हुने गरी मञ्चन हुन लागेको यस नाटकको सह–निर्देशन सुशीलालक्ष्मी महर्जनको रहनेछ भने रंगकर्मी किरण चापागाईंको एकल प्रस्तुति रहनेछ।

प्रकाशित: २३ असार २०८१ २०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =