काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले रविन खड्कालाई राष्ट्रिय यु-२० टोलीको व्यवस्थापकमा नियुक्त गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राईले आइतबार खड्कालाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए।
खड्का सातदोबाटो युथ क्लबका महासचिव पनि हुन्। एन्फाले यसअघि नै उर्जन श्रेष्ठलाई मुख्य, सशिन्द्र धिमाललाई सहायक र राजु सिंहलाई गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिइसकेको छ।
नेपालले आगामी अगस्ट १६ देखि २८ तारिखसम्म दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपको आयोजना गर्दैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अहिले प्रतियोगिताका लागि खुला खेलाडी छनोट भइरहेको छ।
प्रकाशित: २३ असार २०८१ १७:१६ | Sunday, July 7, 2024
प्रतिक्रिया





