कृषि विकास बैंकका सीईओसँग अमेरिकामा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम

हिमाल प्रेस १८ असार २०८१ २०:१२
42
SHARES
कृषि विकास बैंकका सीईओसँग अमेरिकामा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम

न्यूयोर्क- लमजुङ समाज न्यूयोर्क अमेरिकाले कृषि विकास बैंक लिमिटेडका प्रमूख कार्यकारी अधिकृत गोबिन्द गुरुङसँग मिट एण्ड ग्रिट कार्यक्रम गरेको छ।

एडभान्स लर्निङ प्रोगाममा सहभागी हुन अमेरिका आएका प्रमुख कार्यकारी अधिकृत गुरुङसँग लमजुङ समाज अमेरिकाले मिट एण्ड ग्रिट कार्यक्रम गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख कार्यकारी अधिकृत गुरुङले विदेशी भूमिमा आफूलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे। गुरुङसँग नेपाली र विदेशी गरेर विभिन्न ६ वटा बैंकमा २८ वर्ष काम गरेको अनुभव छ।

गुरुङले कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत हुँदा खराब कर्जाको अनुपात ४।५२ थियो भने गुरुङले नेतृत्व सम्हालेदेखि गएको असार मसान्त सम्ममा ३ अर्ब ११ करोड नाफा कमाउन सफल भएको जानकारी दिए।

कृषि विकास बैंकले कर्जा १० प्रतिशत कर्जा बढाउन सफल भएको जानकारी दिँदै गएको ९ महिनाको तुलनामा यो वर्षको ९ महिनामा ९७।२२ प्रतिशतले नाफा गरेको बताए। उनले भने, ‘सेवा राम्रो दिएर, बचतमा ब्याजदर घटाएर र कर्जामा ब्याजदर बढाएर बैंकले यो नाफा कमाउन सफल भएको हो,’ उनले भने।

बैंकको साख जोगाउनका लागि प्रणालीगत जोखिम बढ्ने भएकोले राष्ट्र बैकको नियम पालना गर्दै बैंकलाई दिगो बनाउनका लागि काम गरिरहेको बताए। २०४२ सालमा एसएलसी पास गरेर १ सय रुपैया लिएर काठमाडौँ छिरेका गुरुङले म्यानेजमेन्ट ट्रेनीको रुपमा हिमालयन बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए। गुरुङले म्यानमार सिटिजन्स बैंकमा सीईओको रुपमा १ वर्ष ६ महिना काम गरेका थिए।

हिमालयन बैक, ग्लोबल आईएमई बैंक, मेघा बैंक, सिभिल बैंक र म्यानमार सिटिजन्स बैंकमा काम गरेको अनुभव छ। मेगा बैंकमा डेपुटी जेनेरेल म्यानेजरका रुपमा प्रवेश गरेका गुरुङले चिफ कर्पोरेट बैंकिङको जिम्मेवारी सम्हालेका थिए।

डेपुटी सीईओको रुपमा सिभिल बैंकमा नियुक्त भएका गुरुङले बैंकको नेतृत्वकर्ता सीईओको जिम्मेवारी समेत सम्हालिसकेका छन्। उनी खुला प्रतिस्पर्धाबाट म्यानमारको याङगुनमा रहेको म्यानमार सिटिजन्स बैंकको सीईओमा नियुक्त भएका थिए। त्यहाँ उनले एक वर्ष ६ महिना काम गरे। बैंकर गुरुङ गीत गाउने र नाच्ने पनि उत्तिकै सिपालु छन्। उनले गुरुङ जातिको भाषा, संस्कार, संस्कृति जोगाउने अभिप्रायले गुरुङ भाषाको एल्बम समेत निकालेका छन्।

त्यस्तै गुरुङ पत्नी बिमला गुरुङले नेपालमा संस्कार इङलिस स्कुल स्थापना गरी शिक्षा क्षेत्र मार्फत जीवनोपयोगी शिक्षा प्रदान गर्ने कोसिस गरेको बताइन्। विद्यालयले शिक्षासँगै शुखावति संस्थासँगको सहकार्यमा जलवायु परिवर्तन र फोहोर व्यवस्थापन सम्बन्धी कार्य गरिरहेको बताइन्।

त्यस्तै संस्कार विद्यालयले जापानीज स्कुलसँग ग्लोकल एक्स्चेन्ज प्रोग्राम सञ्चालनमा ल्याएको जानकारी दिँदै अन्तर्राष्ट्रिय स्तरको सिकाइ रहेकोले सबैलाई सहयोग गरिदिन अनुरोध गरिन्।

समाजका अध्यक्ष गम गुरुङले, लमजुङको मर्स्याङ्दी(८, भंगेरीमा जन्मिएका गुरुङ बैंकिङ क्षेत्रको प्रमुख कार्यकारी अधिकृतमा पुग्ने पहिलो गुरुङ भएकोमा गर्व लागेको बताउँदै अझै राम्रो कार्य गर्दै जान अनुरोध गरे। अध्यक्ष गुरुङले प्रमुख कार्यकारी अधिकृत गुरुङ दम्पतीलाई खादा ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा गायिका बिमाकुमारी दुरा, नायिका रञ्जिता गुरुङ लगायत लमजुङवासी सहभागी थिए। कार्यक्रममा संस्थाका संरक्षकहरू तेज गुरुङ तथा तुलसी गुरुङले आफ्नो धारणा राखेका थिए। फिप्नाका पूर्व महासचिव प्रेम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रकाशित: १८ असार २०८१ २०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast