भारतीय लोकसभाको सभामुखमा बिरला

हिमाल प्रेस १२ असार २०८१ १४:०३ | Wednesday, June 26, 2024
भारतीय लोकसभाको सभामुखमा बिरला

काठमाडौँ- भारतीय लोकसभाको सभामुखमा पुन: ओम बिरला निर्वाचित भएका छन्।

बिरला लगातार दोस्रोपटक लोकसभाको सभामुख बनेका हुन्। बिरला राजस्थानबाट प्रतिनिधित्व गर्ने सांसद हुन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको नाम प्रस्ताव गरेपछि अमित शाह, नितिन गडकरी, राजनाथ सिंहले समर्थन गरेका थिए। एनडीएका गुटका नेताहरूले पनि यो प्रस्तावलाई समर्थन गरेका छन्।

सभामुख बनेपछि प्रधानमन्त्री मोदी र राहुल गान्धीले बधाई दिएका छन्। बिरलाभन्दा अगाडि बलराम जाखडले पाँच वर्षको कार्यकाल पूरा गरेर फेरि सभामुख पद पाएका थिए।

प्रकाशित: १२ असार २०८१ १४:०३ | Wednesday, June 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast