पोखरामा आजदेखि १५ वर्षमुनिका विद्यार्थीको खेलकुद प्रतियोगिता सुरु हुँदै

हिमाल प्रेस ३० जेठ २०८१ ११:०७
4
SHARES
पोखरामा आजदेखि १५ वर्षमुनिका विद्यार्थीको खेलकुद प्रतियोगिता सुरु हुँदै पोखरा रंगशाला। फाइल तस्बिर

पोखरा- १५ वर्षमुनिका बालबालिकालाई समेट्न आजदेखि गण्डकी प्रदेशमा ‘यू-१५ विद्यालय खेलकुद प्रतियोगिता-२०८०’ हुँदैछ।

पोखरा रंगशालामा हुने प्रतियोगिताको आयोजना राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद, गण्डकीको संयुक्त रूपमा गर्न लागेका हुन्।  २ दिनसम्म चल्ने प्रतियोगिताको दिउँसो गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने छन्।

उद्घाटन भब्य बनाउने आयोजकले जनाएको छ। जसमा विभिन्न जनजातिका सांस्कृतिक कार्यक्रम, खेलाडीहरुको मार्चपास, पन्चे बाजा, ब्यान्डलगायत हुने छन्।

एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेलमा ३८ स्वर्ण, ३८ रजत र ४६ कास्य पदकका लागि विभिन्न प्रदेशका छात्रछात्राले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्यसचिव श्रीधर शर्माले जानकारी दिए।

प्रतियोगितामा ७ वटै प्रदेशका ६ सय ३० जना (खेलाडी, प्रशिक्षक र म्यानेजरसहित)ले भाग लिँदैछन्। हरेक प्रदेशबाट ७६ खेलाडी, ७ प्रशिक्षक र ७ जना टिम म्यानेजर सहभागी छन्।

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङले गण्डकी प्रदेशले यो प्रतियोगिता पाउनु गौरवको विषय भएकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने विचार व्यक्त गरे।

प्रकाशित: ३० जेठ २०८१ ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast