काठमाडौँ- राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले ठूलो भ्रष्टाचारका फाइल खुल्छन् भनेर गृहमन्त्रीलाई प्रश्न गरेका छन्।
आज प्रतिनिधिसभा बैठकमा बोल्दै गिरीबन्धु टी–स्टेट प्रकरणलगायतका फाइल समयका बारेमा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका हुन्।
उनले सांसद शाहीले गिरीबन्धु, वाइडबडी, फोर जी, मेलम्ची, टेरामेक्स फाइल कहिले खुल्छ भन्दै प्रश्न गरेका छन् ।
उनले जीबी राई ठूलो कि सरकार ठूलो भन्दै अहिले जीबी राई ठूलो देखिएको बताउँदै उनले सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको आरोप लगाए ।
प्रकाशित: २९ जेठ २०८१ १२:०८ | Tuesday, June 11, 2024
प्रतिक्रिया




