लावतीको आत्मकथा ‘मेरो देश मेरो परिवेश’लोकार्पण

हिमाल प्रेस २८ जेठ २०८१ १२:२६
76
SHARES
लावतीको आत्मकथा ‘मेरो देश मेरो परिवेश’लोकार्पण

काठमाडौँ- स्वर्गीय नेता पद्मसुन्दर लावतीको आत्मकथा ‘मेरो देश मेरो परिवेश’ को दोस्रो संस्करण लोकार्पण गरिएको छ ।

विकासवादी नेता भनेर जनस्तरमा स्थापित लावतीको नवौं स्मृति दिवसको अवसरमा उनको जीवनीको दोस्रो संस्करण सार्वजनिक गरिएको हो।

‘स्रोत साधन सीमित भएको कालखण्डमा पनि नेता पद्मसुन्दर लावतीले पूर्वी नेपाल, विशेष गरेर पाँचथर जिल्लामा विकासको मूल फुटाउनु भयो। उहाँ सही मानेमा विकासवादी नेता हुनुहुन्थ्यो । छिमेकी पहाडी जिल्लाहरुको अवस्था तुलना गर्ने हो भने उहाँको योगदान स्पष्ट हुन्छ,’ पूर्वमन्त्री श्रीप्रसाद जवेगुले स्व। पद्मसुन्दर लावतीको नवौं स्मृति सभामा भने।

‘विचारको आधारमा जो जता उभिए पनि लावती राष्ट्रिय राजनीतिमा दख्खल राख्ने नेता हुनुहुन्थ्यो । एक क्रियाशील, जुझारु नेता लावतीको काम, समाजमा रहेको छाप वास्तबमै अनुकरणीय छन्,’ जवेगुले भने।

पद्मसुन्दर लावती प्रतिष्ठानद्वारा आयोजित स्मृति सभामा पूर्वमन्त्री लावतीको जीवनी, ‘मेरो देश मेरो परिवेश’ को दोस्रो संस्करण लोकार्पण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका संरक्षक एवं स्व नेताका छोरा सगुन सुन्दर लावतीले नेता लावती बाल्यकालदेखि नै राजनीतिमा झुकाव राख्ने हक्की स्वभावको व्यक्तित्व भएको बताए।

‘२००७ सालपूर्व विधार्थी जीवनबाटै उहाँको राजनीतिमा संलग्नता थियो। अन्यायको विरुद्ध, समाज सेवा र स्थानीय जनताकोे हितमा आवाज उठाउँदा उठाउँदै उहाँ जनप्रतिधिनिधिको रुपमा स्थापित हुँदै गएको उहाँको जीवनीबाट थाहा हुन्छ । आत्मकथाबाट स्वर्गीय नेताको जीवनी मात्र नभएर त्यस समयको परिवेश र नेपालबारे जानकारी हुन्छ,’ उनले भने ।

प्रकाशित: २८ जेठ २०८१ १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast