आजदेखि ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ प्रदर्शन

हिमाल प्रेस २५ जेठ २०८१ १०:२०
16
SHARES
आजदेखि ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ प्रदर्शन

काठमाडाैँ- हलमा आज बिहानैदेखि दुई फिल्म ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ प्रदर्शन भइरहेको छ। दुई फरक विधाका फिल्मले उत्साहजनक सो पाएको छ।

देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स, आईएनआई सिनेमाज, वान सिनेमाज, एफक्युब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिडिसी सिनेमाजलगायतका हलमा फिल्मको सो छ।

घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’ ट्राभल लभस्टोरीमा आधारित छ। फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। फिल्ममा साम्राज्ञी आरएल शाह, कवीर खड्का, निश्चल खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनीष श्रेष्ठ, मनीष गान्धी,लोक विक्रम मल्ललगायत कलाकारको अभिनय छ। निश्चल र गरिमाले यही फिल्मबाट डेब्यू गरेका हुन्।

अमित बस्नेतले निर्माण गरेको फिल्म अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफीमा बनेको छ।

त्यस्तै नवीन सुब्बाको निर्देशनमा बनेको फिल्म ‘गाउँ आएको बाटो’ राई समुदायको कथा प्रस्तुत गरेको छ। फिल्ममा गाउँमा मोटर आएपछि चोयाको काम गरेर जीविका चलाइरहेका माइलाको परिवारमा आएको उतारचढाव प्रस्तुत गरिएको छ।

फिल्ममा माइला (दयाहाङ राई), उसकी पत्नि माइली (पशुपति राई) र छोरा बिन्द्रे (प्रसन राई) मुख्य भूमिकमा छन्। आमोद राईले निर्माण गरेको फिल्म बाँसुरी फिल्म्स र मेन्छायम पिक्चर्सको ब्यानरमा बनेको छ।

प्रकाशित: २५ जेठ २०८१ १०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 9 =