विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो

हिमाल प्रेस १८ जेठ २०८१ १९:३२ | Friday, May 31, 2024
विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो

काठमाडौं- विश्व सुर्तीजन्य पदार्थरहित दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा काठमाडौं लगायत देशका विभिन्न स्थानमा जनचेतनामूलक र्‍याली लगायत अन्तर्क्रिया कार्यक्रमहरू आयोजना गरिएको थियो।

यसै अवसरमा विराटनगरमा सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔँ भन्ने नारासहित अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले सुर्तीजन्य पदार्थ सेवन र मद्यपान सेवन रोक्न कानुन निर्माण गरेर मात्र नपुग्ने धारणा राखेका थिए। सो कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बालबालिकाहरूलाई सुर्तीसेवन र मद्यपान सेवनबाट जोगाउन सचेतना कार्यक्रमहरू ल्याउनु पर्ने बताए।

विराटनगर महानगरपालिका र स्वास्थ्य कार्यालय मोरङले आयोजना गरेको सो कार्यक्रममा सुर्तीजन्य पदार्थ सेवन तथा मद्यपान सेवनबाट स्वास्थ्यमा हुने जोखिम, कानुनी प्रावधान र समाजको जिम्मेवारी बारे छलफल गरिएको थियो।

नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरूको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालले सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र संकेत चिह्न अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ।

प्रकाशित: १८ जेठ २०८१ १९:३२ | Friday, May 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast