विकल पौडेललाई थुनामा पठाउन अदालतको आदेश

हिमाल प्रेस १६ जेठ २०८१ १८:५९ | Wednesday, May 29, 2024
विकल पौडेललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौँ- सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध विशेष अदालत काठमाडौँले विकल थुनामा पठाउने आदेश दिएको छ।

बुधबार विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारिबाबु श्रेष्ठको इजलासले पौडेललाई थुनामा पठाउने आदेश दिएको हो।

भ्रष्टाचार मुद्दामा यसअघि नै दोषी ठहर भएका पौडेलविरुद्ध विशेष अदालतले यही जेठ ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा नै दायर गरेको थियो।

उनीविरुद्ध गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा बिगो मागसहित उनीविरुद्ध मुद्दा दायर भएको थियो।

प्रकाशित: १६ जेठ २०८१ १८:५९ | Wednesday, May 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast