सुरक्षण मुद्रणका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचारी ठहर

हिमाल प्रेस १४ जेठ २०८१ २०:२८ | Monday, May 27, 2024
सुरक्षण मुद्रणका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचारी ठहर

काठमाडौँ- सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

सोमबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले पौडेललाई दोषी ठहर गरेको हो। पौडेलले आफ्नो अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र रहेको विषय ढाँटेर नेपालमा सरकारी सेवामा कार्यरत रहेको अभियोग लागेको थियो।

अदालतले उनीविरुद्ध एक वर्ष कैद र १० हजार जरिबाना हुने फैसला गरेको छ।

प्रकाशित: १४ जेठ २०८१ २०:२८ | Monday, May 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast