सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : दोषी ठहर भएका इन्जिनियर पोखरेल मृत भेटिए

हिमाल प्रेस ११ जेठ २०८१ १६:२० | Friday, May 24, 2024
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : दोषी ठहर भएका इन्जिनियर पोखरेल मृत भेटिए

काठमाडौँ- सुरक्षण प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी देखिएका निलम्बित सिनियर डिभिजन इन्जिनियर नवीनकुमार पोखरेल मृत भेटिएका छन्। हिजो बिहीबार आफ्नै घर (भक्तपुर)मा उनी मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी अजय केसीका अनुसार उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरीले घटनास्थलबाट उनको सुसाइड नोट पनि फेला पारेको जनाएको छ।

सुरक्षण प्रिन्टिङ प्रेस खरिद प्रकरणमा उनीसहित चार जना दोषी ठहर भएका थिए। विशेष अदालतले पोखरेलविरुद्ध ६ महिना कैद र पाँच करोड ८४ लाख ५५ हजार १५९ रुपैयाँको जरिवाना असुलको फैसला सुनाएको थियो।

बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी ९ जनामाथि अख्तियारले मुद्दा दायर गरेको थियो। विशेष अदालतले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल लगायतमाथि कसुर प्रमाणित भएको आदेश दिएको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले फैसला गरेको थियो।

प्रकाशित: ११ जेठ २०८१ १६:२० | Friday, May 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast