गोविन्द केसीले तोडे अनशन

हिमाल प्रेस ३ जेठ २०८१ १७:५८ | Thursday, May 16, 2024
गोविन्द केसीले तोडे अनशन फाइल तस्बिर

काठमाडौँ- डा.गोविन्द केसीले अनशन तोडेका छन्। उनी प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै अनशन ६ दिन अघि अनशन बसेका थिए।

केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा, सबै नेपालीलाई गुणस्तरीय र निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन पारित हुनुपर्ने र कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई तत्काल कारबाही गर्नुपर्ने माग राखेका थिए।

माग पूरा नभए पनि उनले अनशन तोडेका हुन्। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकहरूले उनलाई अनशन तोड्न सुझाव दिएका थिए।

प्रकाशित: ३ जेठ २०८१ १७:५८ | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast