थापाथली प्रसूति गृहमा अब गर्भवती र शिशु दुवैको इको-कार्डियोग्राफी सेवा

हिमाल प्रेस ३१ वैशाख २०८१ १५:२३ | Monday, May 13, 2024
थापाथली प्रसूति गृहमा अब गर्भवती र शिशु दुवैको इको-कार्डियोग्राफी सेवा

काठमाडौँ– जेठ १ गतेदेखि थापाथली परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा गर्भवती र गर्भमा रहेको शिशुको इको-कार्डियोग्राफी सेवा सुरु हुने भएको छ। यसअघि यो सेवा उक्त अस्पतालमा नहुँदा गर्भावस्थाका महिलाहरु अन्य स्वास्थ्य संस्थामा गएर महँगो शुल्कमा उक्त सेवा लिन बाध्य हुँदै आएका थिए।

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले नयाँ सेवा विस्तारका रुपमा गर्भवती महिला र गर्भमा रहेको बच्चाको मुटुको जाँच ‘इको कार्डियोग्राफी’ सुरु गर्न लागेको बताएका हुन्। यसअघि गंगालाल अस्पताल तथा अन्य निजी अस्पतालमा जानुपर्ने बाध्यतालाई सहजीकरण गर्न गंगालालकै डाक्टरले हप्ताको ३/३ दिन यो सेवा दिइने उनले बताए।

गर्भवती तथा अन्य महिलाको ‘इको कार्डियोग्राफी’ आइतबार, मंगलबार र बिहीबार हुने छ भने गर्भमा रहेको शिशुको ‘इको कार्डियोग्राफी’ सोमबार, बुधबार र शुक्रबार हुने छ। टिकट भने दिनको ३ बजे खुल्ने उनले बताए।

प्रकाशित: ३१ वैशाख २०८१ १५:२३ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast