यसरी स्याहार गरौँ आफ्नी आमाको स्वास्थ्य

हिमाल प्रेस ३१ वैशाख २०८१ ७:४३ | Monday, May 13, 2024
यसरी स्याहार गरौँ आफ्नी आमाको स्वास्थ्य

आमाहरू हाम्रो परिवार र पुस्ताको जग हुन्। जागिर, व्यवसाय र घरायसी कामले आमाको स्वास्थ्यको विषयलाई सधैं ओझेलमा पारेको छ।

स्वास्थ्यको ख्याल नहुँदा कहिलेकाहीँ आमाहरुलाई मधुमेह, रक्तअल्पता, मोटोपना, थाइराइड, उच्च रक्तचाप र क्यान्सर जस्ता रोगहरूले सताउँछ। आमाहरुको सुस्वास्थको ख्याल कसरी राख्ने भन्नेबारे स्वास्थ्य विशेषज्ञ कञ्चन नायकवडीको केहि सुझावहरु पढौं।

१. समयमा स्वस्थ खाना खान उत्प्रेरित गर्ने

अवस्थकर खानपानको बानीका कारण महिलामा स्वास्थ्य समस्या हुने सम्भावना दोब्बर हुन्छ। पहिलो चरणमा आफ्नो आमाको कोलेस्ट्रोल, चिनीको मात्रा, हर्मोनको असन्तुलन र रक्तचाप बढाउने अस्वस्थकर, जंक फूडलाई हटाउनु आवश्यक हुन्छ। आमाको स्वास्थ्यको लागि स्वस्थ खाना रेसिपीहरूको बारेमा छलफल गर्न सकिन्छ। आफ्नो आमालाई स्वस्थ खाना खान र आमासँगै खानेकुरा पकाएर प्रोत्साहन दिन सकिन्छ।

२. आमाको फिटनेसको ख्याल राख्ने
आमाहरु घरायसी काममा यति व्यस्त हुन्छन् कि उनीहरु आफ्नो फिटनेसमा ध्यान दिदैनन्। हरेक दिन व्यायाम गर्दा आमासँग केही समय बिताउने बानी बसाल्नुहोस्। आमालाई योग आसन गर्न उत्प्रेरित गर्नुहोस्। आमाहरु आफ्ना छोराछोरीसँग समय बिताउन मन पराउँछन्। त्यस्तै आमाले कुनै स्वास्थ्य समस्याहरू सामना गरिरहनु भएको छ भने त्यो विषयमा छलफल गर्न केही समय निकाल्नुहोस्।

३. आमा हाइड्रेटेड हुनुहुन्छ की हुनुहुन्न भन्ने निश्चित हुनुहोस्

यदि आमा भान्साको काम गर्दै हुनुहुन्छ या अन्य केही काम गरिरहनु भएको छ भने पर्याप्त पानी पिउनु भएको छ वा छैन याद राख्नुहोस्। तपाईं पानी, स्वस्थ जुस र डिटोक्स वाटरहरू बनाएर उहाँलाई हाइड्रेटेड राख्न सक्नुहुन्छ।

४. पोषक तत्वहरूको जाँच राख्नुहोस्

३५ वर्षको उमेर नपुग्दै महिलाको शरीरमा क्याल्सियम र आइरन जस्ता प्रमुख पोषक तत्वहरूको कमी हुन थाल्छ। यससँगै, अस्वस्थकर आहारका कारण प्रत्येक पाँचमध्ये दुईजना महिला भिटामिनको कमीबाट ग्रस्त हुन्छन्। आमाको स्वस्थ जीवनको लागि पोषक तत्वहरूको जाँच गरी आवश्यक भिटामिन पुरकहरु खाईरहनु भएको छ या छैन भन्ने जानकारी राख्नुहोस्।

५. समयतालिका मिलाउनुहोस्
आमाहरुको खाने, सुत्ने र व्यायामको समयतालिका मिलेको छ या छैन विचार गर्नुहोस्। स्वस्थ जीवनको लागि एकै समयमा खाने र सुत्ने बानी महत्त्वपूर्ण छ।

६. नियमित स्वस्थ जाँच गराउनुहोस्
आमाको नियमित स्क्रिनिङ र चेकजाँचले गर्नुहोस्। त्यसले स्वास्थ्य समस्याहरू जाँच गर्न मात्र मद्दत गर्दैन, कुनै पनि असामान्यताहरू भएमा प्रारम्भिक पहिचान र उपचारमा पनि मद्दत गर्दछ।

७. आमासँग समय बिताउनुहोस्
हामीहरु धेरैजसो हाम्रो नियमित काम र पढाईमा व्यस्त हुन्छौं। जसकारण हामीले आमाको एक्लोपन याद गरिरहेका हुँदैनौं। तर आमाहरू आफ्ना सन्तानसंग समय बिताउन मन पराउँछन्। आमासँग बस्ने, कुरा सुन्ने र आफ्ना कुराहरु पनि राख्ने बानि गर्नुपर्छ। त्यस्तै आमासंग भौतिक रुपले टाढा हुनुहुन्छ भने फोनमा कुरा गर्ने र समयसमयमा भेट्न जानु पर्छ।

प्रकाशित: ३१ वैशाख २०८१ ७:४३ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast