यस्ताे छ ‘घरज्वाइँ’ को टिजर

हिमाल प्रेस ३० वैशाख २०८१ १४:४५ | Sunday, May 12, 2024
यस्ताे छ ‘घरज्वाइँ’ को टिजर

काठमाडौँ-  फिल्म ‘घरज्वाइँ’ को टिजर सार्वजनिक भएको छ। फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन्।

एक मिनेट ५७ सेकेन्डको टिजरमा दयाहाङले मिरुनालाई पाउन घरज्वाइँ बस्नुपर्ने बाध्यता देखाइएको छ। फिल्ममा अन्य कलाकार बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, बिबेश बुढा मगर र सुनिल मगरको अभिनय छ।

मगर जातिको संस्कार र संस्कृतिमा आधारित फिल्मका लेखक तथा निर्देशक अनिल बुढा मगर हुन्। निर्देशक अनिलसहित विनोद खतिवडा र सुभाष कोइरालाकाे पटकथा तथा संवाद छ।

असार २८ गते प्रदर्शन हुने फिल्म जनक घर्ती मगरले निर्माण गरेको हुन्। फिल्म पूर्वी रुकुम आसपासमा छायांकन गरिएको छ। फिल्ममा सुसन प्रजापतिको छायांकन, कृष्ण भण्डारीकाे सम्पादन, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ।

जिएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ।

यस्ताे छ टिजर

प्रकाशित: ३० वैशाख २०८१ १४:४५ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast