धादिङ किम्ताङ खोलाको बेलिब्रिज सञ्चालनमा

हिमाल प्रेस १६ वैशाख २०८१ २०:४० | Sunday, April 28, 2024
धादिङ किम्ताङ खोलाको बेलिब्रिज सञ्चालनमा

काठमाडौँ- धादिङ खनियावास र नेत्रावती डबजोङ गाउँपालिकाको सिमानामा रहेको किम्ताङ खोलामा बनाइएको बेलिब्रिज सञ्चालनमा आएको छ। नेपाली सेनाले बनाएको सो बेलिब्रिजको प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारी र प्रधानसेनापति प्रभुराम शर्माले आइतबार संयुक्तरूपमा उद्घाटन गरेका हुन्।

किम्ताङ खोलामा पक्की पुल नभएकाले वर्षायाममा धादिङ जिल्लाको उत्तरी क्षेत्रका रुबी भ्याली, गंगा जमुना, खनियावास र नेत्रावत्री डबजोङ गाउँपालिकाहरूमा आवतजावतमा कठिनाइ हुने गरेको थियो। नुवाकोटस्थित त्रिशूली हाइड्रोपावरद्वारा निर्मित र हाल प्रयोगविहीन बेलिब्रिजलाई नेपाली सेनाले उक्त स्थानमा जडान गरेको हो।

पुल निर्माणसँगै करिब ६० हजार स्थानीयवासी लाभान्वित हुनेछन्। नवनिर्मित बेलिब्रिजको लम्बाइ ४२.६७ मिटर, चौडाइ ४.२ मिटर तथा अधिकतम भारवहन क्षमता ३० टन रहेको सेनाले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०८१ २०:४० | Sunday, April 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast