यसरी बन्दैछ नेपालको पहिलो फ्लाइ ओभर [फोटो फिचर]

दिपेश श्रेष्ठ ४ वैशाख २०८१ १२:५२ | Tuesday, April 16, 2024
यसरी बन्दैछ नेपालको पहिलो फ्लाइ ओभर [फोटो फिचर]

काठमाण्डौँ-  ललितपुरस्थित चक्रपथको ग्वार्को सडकखण्डमा अहिले ओभरपास निर्माणको काम धमाधम भइरहेको छ। पछिल्लोपटक थपिएको असार मसान्तसम्मको समयावधिभित्र काम सम्पन्न गर्ने गरी दुई सिफ्टमा काम भैरहेको छ।

निर्माणाधीन सडकको दुवै छेउमा अहिले क्रंक्रिट प्यानल बनाइ १० मिटर अग्लो र्‍याम्प बनाउने र ग्राभेल मिसिएको माटो भर्ने काम पनि सँगै गरिँदै छ । दुई वर्षभित्र सक्ने गरी ०७८ फागुनमा ठेक्कामा दिइए पनि निर्माणका क्रममा डिजाइन परिवर्तन भएपछि तोकिएको समय भित्र काम सम्पन्न भएन ।

निर्माण सुरु भएदेखिनै साँझबिहानको समयमा हुने ट्राफिक जामले उक्त सडक हुँदै ओहोरदोहोर गर्ने यात्रुले सास्ती खेप्नु परिरहेको छ । ओभरपासको ६ वटा पिलरको निर्माण सकिएको छ । परिवर्तित डिजाइन अनुसार १.२ मिटर व्यास र ३० मिटर लम्बाइका दुवै साइडमा १२/१२ वटा पिलर र सडकको बीच भागमा ३५ मिटर लामो चार लेनकै ओभरपास बन्नेछ । १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी आशिष–समानान्तर–रेलिगेर जेभीसँग ठेक्का सम्झौता भएको ओभरपासको लम्बाई ५ सय ४० मिटर लामो हुनेछ।

प्रकाशित: ४ वैशाख २०८१ १२:५२ | Tuesday, April 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast