हेटौँडा अस्पतालमा चिकित्सक नहुँदा थन्किए उपकरण

हिमाल प्रेस २ वैशाख २०८१ ७:१४ | Sunday, April 14, 2024
हेटौँडा अस्पतालमा चिकित्सक नहुँदा थन्किए उपकरण

हेटौँडा- हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन्। मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए।

बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएको बताउँदै सञ्चालक सदस्य चौलागाईंले चाँडोभन्दा चाँडो चिकित्सक नियुक्तिका निम्ति सम्बन्धित निकायलाई घच्घच्चयाइरहेको बताए।

उनले भने, ‘मुटुरोग विशेषज्ञको नियुक्तिका लागि गरिएको विज्ञापनमा एक जना चिकित्सकको आवेदन पर्‍यो तर उमेरका कारण उहाँलाई नियुक्ति दिन मिलेन। विज्ञापन भएका बेला निवेदन पर्दैनन् र परेका निवेदनमा पनि उमेर नपुग्ने, मापदण्ड पूरा नहुनेलगायत विविध समस्या आइलाग्छन्’, अन्य उपकरण अन्य विशेषज्ञबाट पनि चलाउन सकिने तर मुटुरोगका उपकरण मुटुरोग विशेषज्ञबाहेकले चलाउन नसक्ने भएकाले चिकित्सक नियुक्तिबिना उपकरण प्रयोगमा ल्याउन कठिन भएको उनको भनाइ छ।

 

प्रकाशित: २ वैशाख २०८१ ७:१४ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast