‘घरज्वाइँ’मा दयाहाङकाे दुई रूप

हिमाल प्रेस १८ चैत २०८० ११:१७ | Sunday, March 31, 2024
‘घरज्वाइँ’मा दयाहाङकाे दुई रूप

काठमाडौं- फिल्म ‘घरज्वाइँ’को दुई पोस्टर सार्वजनिक भएको छ। पहिलो पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राईले बन्दुक बोकेका छन्। दोस्रो पोस्टरमा दयाहाङ डोको बोकेर मिरुनाको पछिपछि हिँडिरहेका छन्।

अनिल बुढा मगर निर्देशनमा बनेको फिल्ममा कलाकार दयाहाङ र मिरुनासहित, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, सोनाम लामा, बिबेश बुढा मगर र सुनिल मगरको अभिनय छ। फिल्म आगामी बर्ष असार २८ गते प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ।

निर्देशक अनिलकै कथारहेको फिल्ममा अनिल बुढा मगर, विनोद खतिवडा र सुभाष कोइरालाको लेखनमा तयार भएको छ। जनक घर्ती मगरको निर्माणमा तयार भएको फिल्म सुसन प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन,हर्क साउद र मनोज थापाको संगीत छ।
जिएम मुभिजको ब्यानरमा बनेको छ।

प्रकाशित: १८ चैत २०८० ११:१७ | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast