पर्यटन बोर्डको कार्यालय
काठमाडौँ– सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीनजना सदस्यलाई मनोनयन गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बोर्डमा रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्र लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो।
प्रकाशित: १५ चैत २०८० १८:३६ | Thursday, March 28, 2024
प्रतिक्रिया



