‘घरज्वाइँ’को छायांकन सकियो

हिमाल प्रेस ५ चैत २०८० १७:५५ | Monday, March 18, 2024
‘घरज्वाइँ’को छायांकन सकियो

काठमाडौँ-  फिल्म ‘घरज्वाइँ’ को छायांकन सकिएको छ। फागुन ५ गतेबाट सुरु भएको फिल्मको छायांकन एक महिनामा सकिएको निर्माण टिमले जनाएको छ।

फिल्मको पूर्वी रुकुमको लुगुम, तक्सेरा लगायतका स्थानमा छायांकन गरिएको छ। अनिल बुढा मगर निर्देशनमा बनेको फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, सोनाम लामा, बिबेश बुढा मगर र सुनिल मगरको अभिनय छ। फिल्म आगामी बर्ष असार २८ गते प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ।

निर्देशक अनिलकै कथा रहेको फिल्ममा अनिल बुढा मगर, विनोद खतिवडा र सुभाष कोइरालाको लेखनमा तयार भएको छ। जनक घर्ती मगरको निर्माणमा तयार भएको फिल्म सुसन प्रजापतिको छायांकन, हर्क साउद र मनोज थापाको संगीत छ।

प्रकाशित: ५ चैत २०८० १७:५५ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast