
यदि तपाईं राम्ररी सुत्नुहुन्न र अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए)का लक्षणहरू छन् भने, यसले दिमागको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्न सक्छ।
यस विषयमा एउटा नयाँ अध्ययनले भारतमा १० मध्ये एक जनालाई यस्तो समस्या हुने र उमेर बढ्दै जाँदा मानिसको मस्तिष्कको कार्यक्षमतामा असर गर्ने देखाएको छ।
पर्याप्त निद्रा नआएमा सम्पूर्ण शरीरमा असर पर्ने र काम गर्ने क्षमतामा समेत असर पर्ने चिकित्सकहरू बताउँछन्। यसबाट पर्न सक्ने केही असरहरू :
- एकाग्रताको कमी
- स्मृतिमा प्रभाव
- -मस्तिष्कको निर्णय क्षमतामा प्रभाव
- -भावनात्मक स्वास्थ्य प्रभावित हुन्छ जसका कारण झर्को लाग्ने र रिस उठ्ने हुन्छ
- दिउँसोको समयमा निद्रा
- डिप्रेसन र चिन्ताको समस्या
- ऊर्जाको कमी
- रक्तचापमा प्रभाव
- हृदयरोगको जोखिम
यदि तपाईँलाई मधुमेह छ भने, तपाईँको रोगसँग लड्ने क्षमता कम हुन्छ। - थकान लाग्ने
प्रकाशित: २० फागुन २०८० ८:१६
प्रतिक्रिया