माओवादीको स्थायी समिति बैठक बस्दै

हिमाल प्रेस १३ फागुन २०८० ८:४२ | Sunday, February 25, 2024
माओवादीको स्थायी समिति बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा रूपान्तरण अभियानको मूल्यांकन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ।

यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण स्थगित भएको थियो।

बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए।

प्रकाशित: १३ फागुन २०८० ८:४२ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast