देउवाले बुधबार बालुवाटार छाड्ने, धुम्बाराहीस्थित भाडाको घरमा बस्ने

हिमाल प्रेस १२ पुष २०७९ १५:१४
72
SHARES
देउवाले बुधबार बालुवाटार छाड्ने, धुम्बाराहीस्थित भाडाको घरमा बस्ने शेरबहादुर देउवा

काठमाडौँ- निवर्तनमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बुधबारमात्रै छाड्ने भएका छन्। प्रधानमन्त्रीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएको तीन दिन भइसक्दा पनि देउवाले अहिलेसम्म बालुवाटार छोडेका छैनन्।

बूढानीलकण्डस्थित निजी निवासमा मर्मतको काम भइरहेकाले देउवा भाडाको घरको खोजीमा थिए। देउवा बुधबार भने बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सर्नेछन्।

देउवाको सचिवालयका अनुसार केही दिन धुम्बाराहीमै बसेर निवास मर्मत सकिएपछि बूढानीलकण्ठ जानेछन्।

देउवाले सरकारी निवास नछाडेपछि प्रचण्ड भने आफ्नो निवास खुमलटारमै छन्। प्रचण्डको सचिवालयले पनि देउवा बालुवाटारबाट बाहिरिएपछि मात्रै प्रचण्ड जाने बताएको छ।

प्रकाशित: १२ पुष २०७९ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =