अब कांग्रेसले चुनावी गठबन्धनको भारी बोक्दैन : सहमहामन्त्री आङ्देम्बे

हिमाल प्रेस १० फागुन २०८० १८:२३ | Thursday, February 22, 2024
अब कांग्रेसले चुनावी गठबन्धनको भारी बोक्दैन : सहमहामन्त्री आङ्देम्बे

ललितपुर- नेपाली कांग्रेसका समहामन्त्री भीष्मराज आङ्देम्बेले नवीन कांग्रेस बनाउनुपर्ने बताएका छन्। महासमति बैठकको समापन कार्यक्रममा बिहीबार बोल्दै उनले सांकेतिक रूपमा कांग्रेसले अब चुनावी गठबन्धनको भारी बोक्न नहुने धारणा राखे।

‘समयले बाध्यात्मक रूपमा बोकाएको बैसाखी त्यसैलाई बुझाएर नवीन कांग्रेस र गौरवमय खुट्टा र हात बोकेर हरेक भूगोलमा भेटिने गरेर जाऊँ’, उनले भने। सहमहामन्त्री आङ्देम्बेले कांग्रेस अब केन्द्रमा सीमित नरहेर भूगोलमा भेटिनुपर्ने बताए।

महासमिति बैठकले समयको धुलोले पुरेको जस्तो देखिएको पार्टीलाई खोज्ने प्रयास गरेको बताए। उनले समुदायमा कांग्रेसमार्फत वडा तहमा पुगेर कांग्रेसको खोजी भएको बताए। साथै कांग्रेस हिमाल, पहाड, तराईमा देखिनुपर्ने र टोपी, धोती, बख्खु लगाउने पनि कांग्रेस हो भनेर भविष्यलाइ चिनाउनुपर्ने अभिभारा रहेको बताए।

प्रकाशित: १० फागुन २०८० १८:२३ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast