मधेशमा कांग्रेस नेतृत्वमा सरकार बनाउन माग

हिमाल प्रेस १० फागुन २०८० १७:११ | Thursday, February 22, 2024
मधेशमा कांग्रेस नेतृत्वमा सरकार बनाउन माग

काठमाडौँ- नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले मधेश प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बनाउन माग गरेका छन्। महासमिति बैठकअन्तर्गत बिहीबार समूहगत छलफलको निष्कर्ष सुनाउँदै यादवले यस्तो माग गरेका हुन्।

‘मधेशमा ठूलो पार्टी कांग्रेस हो तर सरकारको नेतृत्व पाएन। मधेश प्रदेशलाई कांग्रेसलाई नेतृत्व गर्ने पहल गर्नुहोस्’, उनले भने। यादवले पार्टीमा अन्तर्घात बढेको सुझाव आएको जानकारी दिए।

‘अन्तरघात हुन्छ चुनाव हार्छ भन्ने गुनासो हुन्छ। चुनावमा जसले टिकट पाउँछ ऊ फिल्डमा जान्छ। टिकट नपाउने हराउन लाग्छ। टिकट नपाएपछि हराउन केन्द्रीय नेताले प्रश्रय दिएको हुन्छ’, संयुक्त छलफलपछि उनले भने, ‘अनि गर्दैन अन्तरघात? अन्तरघात नभए कांग्रेसलाई कसैले हराउन सक्दैन। कांग्रेसमा  हराउनेलाई पुरस्कृत गरिन्छ।’

यादवले कांग्रेसमा युवा पुस्ताको आकर्षण नदेखिएको बताए। उनले विशेष प्राथमिकता र योजनासाथ युवालाई स्थान दिनुपर्नेमा जोड दिए। उनले पार्टीको महाधिवेशन र आमनिर्वाचन सँगै गर्न नहुने सुझाव दिए। यादवले भने, ‘महाधिवेशनले धेरै साथीहरुको मन फाटेको हुन्छ। त्यसैले आमनिर्वाचन र महाधिवेशनबीच दुई वर्ष फरकमा गर्नुपर्छ।’

प्रकाशित: १० फागुन २०८० १७:११ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast