अरूका कुरै सुन्दैनन् कांग्रेस महासमिति सदस्यहरू, बोल्छन्, हिँड्छन्

हिमाल प्रेस ९ फागुन २०८० १८:०६ | Wednesday, February 21, 2024
अरूका कुरै सुन्दैनन् कांग्रेस महासमिति सदस्यहरू, बोल्छन्, हिँड्छन्

ललितपुर- ‘वीरबहादु दाइ मलाई अलि परतिर जानुछ। म बोलेर हिँडीहालौँ भनेको मलाई बोल्न दिनु’न।’ कोशी र सुदूरपश्चिम प्रदेशको संयुक्त छलफल भइरहेको हलमा एक महासमिति सदस्यले हड्बढाउँदै भनिन्। सोमबारदेखि ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको महासमिति बैठक जारी छ।

बुधबारबाट बैठकमा चारवटा हलमा महासमिति सदस्यहरूलाई विभाजन गरेर मंगलबार उपसभापति र महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ।तर महासमिति सदस्यहरूलाई छलफलको चिन्ता छैन। ‘जति बोले पनि हुँदैन, बोलेको लाग्दैन कति बोल्ने?’ कञ्चनपुरका एक महासमिति सदस्यले भने।

त्यसैले पनि चारवटै हलहरू खाली हुन थालेका छन्। पार्टीको नीतिमाथि गहन छलफलभन्दा पनि हतारमा गुटको कुरा राख्ने र बाटो लाग्ने महासमिति सदस्यहरूको संख्या ठूलो देखिएको छ।

३ मिनेट बोलेर आफ्नो कुरा राख्ने र हतार हतार निस्कने र अन्य सदस्यको कुरा सुन्नुभन्दा बाहिर गफ लगाएर महासमिति सदस्यहरूले समय कटाइरहेका छन्।

प्रकाशित: ९ फागुन २०८० १८:०६ | Wednesday, February 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast