कांग्रेस महासमिति बैठकमा डा.शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग

हिमाल प्रेस ९ फागुन २०८० १५:५६ | Wednesday, February 21, 2024
कांग्रेस महासमिति बैठकमा डा.शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग

ललितपुर– नेपाली कांग्रेसका नेता डा‍‍‍.शेखर कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउन माग उठेको छ। पार्टीको जारी महासमिति बैठकमा बोल्दै रौतहटका सेख वकिलले यस्तो माग गरेका हुन्।

उनले मधेसका विकासका लागि कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आपत्ति पनि जनाए। ‘नेताहरू ठूलाठूला कुरा गर्छन् मधेसको विकासको निम्ति केही बोल्दैनन्’, उनले भने, ‘सभापतिमा हारेका नेतालाई वरिष्ठ नेता दिइनुपर्छ। शेखर कोइरालालाई वरिष्ठ नेता दिनुपर्छ।’

प्रकाशित: ९ फागुन २०८० १५:५६ | Wednesday, February 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast