तस्बिरमा नेताहरूको अन्तिम चुनावी सभा

हिमाल प्रेस १ मंसिर २०७९ ५:३१ | Thursday, November 17, 2022
तस्बिरमा नेताहरूको अन्तिम चुनावी सभा

काठमाडौँ-  आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनकाे प्रचारप्रसार गर्ने बिहीबार अन्तिम दिन हो। दलका शीर्ष नेताहरू बिहीबार देशका विभिन्न स्थानमा आयोजित चुनावी सभा र  मतदाताको घरदैलोमा सहभागी भएका छन्। आसन्न निर्वाचन प्रचारप्रसारको अन्तिम दिन नेताहरूले आआफ्नो पक्षमा मत दिएमा विकसित नेपाल बनाउने दाबी गरेका छन्।

प्रमुख दलका शीर्ष नेताहरूमध्ये प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको अछाम र कञ्चनपुरको चुनावी सभामा सम्बोधन गरेका छन्।

देउवाले अहिलेको लोकतान्त्रिकवाम गठबन्धन चुनावसम्मका लागि मात्र नभएको बताए। उनले अछामको मंगलसेनमा आयोजित चुनावी सभामा भने, ‘यो गठबन्धन निर्वाचनको अवधिसम्मका लागि मात्र होइन, मुलुकमा लामो समयसम्म यो गठबन्धन रहिरहनेछ।’ देउवाले आजै अछामको चौरपाटी गाउँपालिकाको आमसभालाई पनि सम्बोधन गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापाको इँटाभट्टामा आयोजित सभामा सम्बोधन गरेका छन्।  उनले सिंगो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउने बताए। मिलेर भाग खान गठबन्धन गरेको भन्दै राष्ट्रियताको कुरा सुन्नै नसक्ने गठबन्धनका उम्मेदवारलाई नभई एमालेलाई जिताउनुपर्ने उनको भनाइ थियो।

यस्तै अर्का पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन दललाई जिताएमा मुलुक आर्थिक विकासको क्रान्तिमा लाग्ने बताए। उनले काठमाडौँमा आयोजित चुनावी सभामा भने, ‘अबको हाम्रो एजेन्डा विकास र समृद्धि नै हो।’

यस्तै काठमाडौँमै आयोजित चुनावी सभामा सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरेका छन्। तस्बिरहरू : हिमाल प्रेस/रासस

प्रकाशित: १ मंसिर २०७९ ५:३१ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast