दुई अध्यक्षको धारणा बाझिएपछि सरकारमा जाने/नजाने अन्योलमा जसपा

हिमाल प्रेस १२ पुष २०७९ ७:२२ | Tuesday, December 27, 2022
दुई अध्यक्षको धारणा बाझिएपछि सरकारमा जाने/नजाने अन्योलमा जसपा

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने वा नजाने भन्‍ने बारे पार्टीभित्रै दुई धार बनेको छ।

पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव सरकारमा नजानु पर्ने बताउँदै आएका छन् भने अर्का संघीय अध्यक्ष अशोक राई सरकारमा जानुपर्ने बताइरहेका छन्। दुई अध्यक्षको धारणा बाँझिएसँगै जसपा दोधारमा परेको छ।
चुनावी गतिविधि र सरकारको निर्णयका लागि जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक तय गरेको छ। सोही निर्णयले सरकारबारे निर्णय गर्ने बताइएको छ।

पार्टी विगतमा भन्दा खच्किएको र प्रतिपक्षमा बसेर संगठन निर्माणमा लाग्‍नुपर्ने कार्यकारिणी अध्यक्ष यादवको तर्क छ। तर यता अर्का अध्यक्ष राई भने सरकारलाई समर्थन गरे पनि सरकारमा समेत जानुपर्ने बताउँदै आएका छन्।

राईले यसपटक मात्रै प्रतिनिधिसभा निर्वाचन जितेका छन्। उनी आफै सरकारमा जान चाहेका हुन्। तर यता यादवले यसपटक चुनाव हारेका छन्। सोही कारण सरकारमा नजानुपर्ने तर्क अघि सारेका हुन्।

जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको छ। जसपाले प्रतिनिधिसभामा ७ सिट जितेको छ।

प्रकाशित: १२ पुष २०७९ ७:२२ | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast