सबै कुरा कामबाटै देख्नुहुन्छ : गृहमन्त्री लामिछाने

हिमाल प्रेस ११ पुष २०७९ १८:१६ | Monday, December 26, 2022
सबै कुरा कामबाटै देख्नुहुन्छ : गृहमन्त्री लामिछाने फाइल तस्बिर।

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले काम गरेर देखाउने बताएका छन्। सोमबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफूहरु खाली पदका लागि मात्र नभएर काम गरेर देखाउने बताए।
उनले भने,‘ कार्यव्यवस्थापनमा समस्या छ। नागरिकले ठूलो भार बोक्न जिम्मेवारी दिनुभएको छ। मेरो काम गर्ने भनेको निर्मम जिम्मेवारी र मित्रवत शैलि हुनेछ। नागरिकलाई सेवा दिन र समस्यामा काम गर्न मैले भुमिका निर्वाह गर्नेछु। प्रहरीमा पुगेपछि नागरिकले अर्को ढोका ढकढकाउनु पर्दैन।’
अहिलेको सरकारमा सकारात्मक भूमिका लिने हामी माथि आम नागरिकले ठूलो अपैक्षा लिएका छन्। उनीहरूको आकांक्षा अनुसार नयाँ ढंगले काम गरेर देखाउने आफ्नो प्रयत्न हुने उनको भनाइ छ।प्रहरीबाट न्यायको महसुस हुने गरी काम गर्न सक्ने गरी पहल गर्ने र नीतिगत रुपमा तल्लो तहसम्म पुग्नेगरी काम गर्ने बताउर्दै गृहमन्त्री लामिछानेले भएकै कर्मचारीबाट नै सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।उनले निर्मला हत्याकाण्डको दोसी छानविन गरी पत्ता लगाउने विषयमा निर्णय समेत गरेका छन्।

प्रकाशित: ११ पुष २०७९ १८:१६ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast