काठमाडौँ- त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ) मा आजदेखि इमर्जेन्सीमा सीमित बिरामीको मात्रै उपचार हुने भएको छ।
आजबाट इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएकाले सीमित साधन स्रोतबाट उपचार गरिने त्रिवि शिक्षण अस्पतालले जनाएको छ। अस्पतालले सूचना जारी गर्दै तत्कालका लागि सीमित बिरामीको मात्र उपचार हुन सक्ने जनाएको छ।
‘माघ २९ देखि केही दिन यस अस्पतालको इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएको हुँदा सीमित साधन स्रोतबाट उपचार गर्नुपर्ने अवस्था छ,’ त्रिविले भनेको छ। अस्पतालले बिरामी पर्ने असुविधाप्रति क्षमा समेत मागेको छ।
प्रकाशित: २९ माघ २०८० ७:५८ | Monday, February 12, 2024
प्रतिक्रिया





