हुन्डाईका विद्युतीय गाडी किन्‍न ग्लोबल आइएमई बैंकले तीन दिनभित्रै कर्जा दिने

हिमाल प्रेस १ मंसिर २०७९ ५:२० | Thursday, November 17, 2022
हुन्डाईका विद्युतीय गाडी किन्‍न ग्लोबल आइएमई बैंकले तीन दिनभित्रै कर्जा दिने

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बिहीबार बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रूपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्र सापकोटाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारी अनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले विक्री गर्ने हुन्डाई ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्न सहज रूपमा कर्जा प्रवाह गर्नेछ।

आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात तीन दिनभित्र सवारीसाधन कर्जा प्रवाह गर्ने समझदारीमा उल्लेख छ। यो सुविधा ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुने जनाइएको छ।

प्रकाशित: १ मंसिर २०७९ ५:२० | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast