विश्वकप सकिनासाथ प्रिमियर लिग सुरु भएकोमा कोन्टे असन्तुष्ट

हिमाल प्रेस ११ पुष २०७९ १६:२४ | Monday, December 26, 2022
विश्वकप सकिनासाथ प्रिमियर लिग सुरु भएकोमा कोन्टे असन्तुष्ट

काठमाडौँ- विश्वकप सकिएको आठ दिनपछि नै इंग्लिस प्रिमियर लिग सुरु भएकोमा टोटनहमका प्रशिक्षक एन्टोनियो काेन्टेले असन्तुष्टि व्यक्त गरेका छन्। टोटनहमका १२ खेलाडी विश्वकप खेल्न कतार गएका थिए। टिमका सबै मुख्य खेलाडी विश्वकपका कारण थकित भएको हुँदा टोटनहमलाई अप्ठ्यारो परेको कोन्टेको भनाइ छ।

प्रिमियर लिगमा टोटनहमको प्रतिनधित्व गर्ने फ्रान्सका कप्तान ह्युगो लोरिस, इंग्ल्यान्डका कप्तान ह्यारी केन, दक्षिण कोरियाका कप्तान ह्याुङ मिन सङ, अर्जेन्टिनाका क्रिस्टियन रोमेरो, उरुग्वेका रोड्रिगो बेन्टानकर, क्रोएसियाका इभान पेरिसिक, वेल्सका बेन डेभिस, पियर एमाइल होयबर्ग, ब्राजिलका रिचार्लिसन, सेनेगलका पापे माटर सार र इंग्ल्यान्डका एरिक डायर विश्वकप खेल्न कतारमा थिए।

सोमबार साँझ फर्कदै गरेको प्रिमियर लिगमा टोटनहमले ब्रेन्टफोर्डको सामना गर्दैछ। एक महिनाभन्दा बढी विश्राममा रहेको प्रिमियर लिग फेरि सुरु हुँदा पहिलो खेल खेल्ने जिम्मा टोटनहम र ब्रेन्टफोर्डको भागमा परेको हो। यो खेलमा कोन्टेले लोरिस र रोमेरोलाई प्रयोग नगर्ने बताइसकेका छन्।

‘विश्वकप सकिएको एक सातामै लिग सुरु हुनु ठिक होइन। यसो भएपछि विश्वकप खेलेर थाकेका खेलाडीलाई आराम दिन सम्भव हुँदैन। जसकारण टिम छान्न कठिन हुन्छ,’ कोन्टेले भनेका छन्।

विश्वकप खेलेका बेन्टानकुरले पनि ब्रेन्टफोर्डसँगको खेल गुमाउने छन्। पाँच पहेलो कार्ड पाएकाले उनले यो खेल गुमाउन लागेका हुन्। चोटका कारण रिचारलिसनले कम्तीमा तीन साता मैदानबाहिर रहनेछन्। ब्राजिलकै लुकास मउरा पनि फिट छैनन्।

प्रकाशित: ११ पुष २०७९ १६:२४ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast