काठमाडौँ- पूर्वमाओवादी नेता गोपाल किरातीले तेस्रो जनआन्दोलनको घोषणा गरेका छन्।
मंगलबार काठमाडौँमा एक कार्यक्रम गरी पहिचानवादीहरूका तर्फबाट पूर्वमन्त्रीसमेत रहेका गोपाल किरातीले पहिलो र दोस्रो जनआन्दोलनले जनताको माग पूरा नगरेकाले तेस्रो जनआन्दोलनको घोषणा गरिएको बताए।
उनले थपे, ‘ब्राह्मणवादी सत्ताको समूल अन्त्यका लागि तेस्रो जनआन्दोलन तयारीमा केन्द्रित रहँदै जसअन्तर्गत दलाल पुँजीवाद र भ्रष्टाचारी शासनलाई ध्वस्त पारेर पहिचान सुनिश्चितताको समाजवादी व्यवस्था स्थापना गर्ने हाम्रो वैचारिकराजनीतिक कदम रहनेछ।’
घोषित तयारी समितिले राष्ट्रिय भेला आयोजना गर्ने समितिले जनाएको छ। हाल समितिमा संयोजक किराती, सदस्यसचिव कृष्ण चोङ्बाङसहित अन्य १८ सदस्यहरू छन्।
तेस्रो जनआन्दोलन तयारी र नयाँ राजनीतिक शक्ति निर्माणको मार्गचित्रमा जुटौं
सामान्यत: देशव्यापी र विशेषत: पूर्वमा पहिचान आन्दोलनले जोर पक्रेको छ। यस आन्दोलनमा निम्न तीनवटा चरित्रहरू अग्रसर देखिन्छन।
ती हुन् :
१. सामाजिक संस्थाका मानिसहरू,
२. प्रगतिशील वुद्विजीविहरू र
३. राजनीतिक कार्यकर्ताहरू।
यीमध्ये विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरू, जो आन्दोलनमा छन्, उनीहरूले अग्रगामी समाधानको राजनीतिक पहल बढाउनै पर्ने वस्तुगत आवश्यकता टड्कारो बनिरहेको तथ्य आन्दोलनकर्मी तथा समर्थक जनसमुदायमाझ प्रष्ट छ। यसरी निम्न लक्षकासाथ तेस्रो जनआन्दोलन तयारी र नयाँ राजनीतिक शक्ति निर्माण सम्बन्धी एक मार्गदर्शन भेला आयोजना गर्न निम्न प्रतिनिधिहरू बसी प्रयास प्रारम्भ गरिएकोवारे सम्बद्व सबैमा सार्वजानिक गर्दछौं :
आज मिति २०८० पुस ९ गते धरानमा निम्न प्रतिनिधिहरू बसी निम्न कार्य पहलको सहमति गरियो।
उपस्थिति
१. केपी पालुङ्वा,
२. गोपाल किराती र
३. कृष्ण चोङ्बाङ।
भेला पहल सम्बन्धी निर्णयहरू
१. बृहत्तर स्वरूपको नयाँ राजनीतिक शक्ति निर्माण गर्ने,
२. कोशी नाम खारेज तथा देशव्यापी जारी पहिचानलगायत राष्ट्रिय जनसरोकारका आन्दोलनहरूमा दृढतापूर्वक सघाऊ पुर्याउने र
३. पहिचान र समाजवाद स्थापनाका लागि तेस्रो जनआन्दोलन तयारी समिति गठनको मार्गदर्शन भेला आयोजना गर्ने।
उपरोक्त भेलाको लागि सम्बद्व महानुभावहरूसँग परामर्श लिई उपयुक्त मिति र स्थानमा भेला आयोजना गर्ने।
——-
स्मरण रहोस् कि पहिलो जनआन्दोलनले राणाशासन हुँदै निर्दलीय शासन विस्थापित गर्यो भने दोस्रो जनआन्दोलनले सिद्वान्ततस् एकात्मक सामन्ती राजतन्त्र विस्थापित गरियो। परन्तु, उत्पीडित जाति समुदाय र श्रमिकवर्गको राजकीय पहिचान र अधिकार सुनिश्चित गर्न सकिएन।
वस्तुगत कारण प्रष्टै छ, विगत जनआन्दोलनहरूमा उत्पीडित समुदाय र श्रमिकवर्गको नेतृत्व भएन। तसर्थ अब उत्पीडित समुदाय र श्रमिकवर्ग स्वयंले स्वयंमा आधारित तेस्रो जनआन्दोलनको तयारी र नेतृत्व गरौं, उत्पीडित समुदायको पहिचान सुनिश्चिततासंगै श्रमिकवर्गको समाजवाद स्थापना गरौं। यहाँ त्यस्तो समाजवाद हुनु पर्दछ, जुन मुख्यतस् नेपाल पढ्ने सिद्वान्तमा समाजवादको नेपाली किसिम विकसित गरियोस्, जसबाट श्रमिकवर्ग, जातजाति, क्षेत्र, महिला र देशभक्तहरूको संयुक्त राज्यव्यवस्था स्थापना गरियोस्।
अत: अबको मार्गचित्र नयाँ राजनीतिक शक्ति निर्माण गर्दै तेस्रो जनआन्दोलन या दासता र अझ पराधीनता