सिंहदरबारबाटै आरती साहको आमा र भाई प्रहरी नियन्त्रणमा

हिमाल प्रेस २२ माघ २०८० १७:३४
28
SHARES
सिंहदरबारबाटै आरती साहको आमा र भाई प्रहरी नियन्त्रणमा

काठमाडौँ- लामो समयदेखि छोरीको हत्यारालाई कारबाहीको माग गरी आन्दोलन गर्दै आएका आरती साहको आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

न्यायको माग गर्दै सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्न खोज्दा उनका आमा र भाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जनकपुरकी आरतीको न्यायको लागि ज्ञापनपत्र बुझाउन उनीहरू सिंहदरबार प्रवेश गर्न खोजेका थिए।

गत जेठ ७ गते आरती आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत फेला परेकी थिइन्। उनको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा जाहेरी दिएका थिए।

यसपछि प्रहरीले आरतीका पति मोतीबाबु र ससुरा मदनमोहन सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। आरतीका आमा, बुबा र बहिनी लामो समयदेखि काठमाडौँमा धर्ना बसेका छन्।

प्रकाशित: २२ माघ २०८० १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =