तपाईँको आज

हिमाल प्रेस ८ माघ २०८० ५:३२
20
SHARES
तपाईँको आज

आज २०८० साल माघ महिनाको ८ गते सोमबार पौष शुक्ल द्वादशी तिथि तदनुसार सन् २०२४ को जनवरीको २२ तारिख, यस्तो छ तपाईंको आज :

मेष :  घरायसी समस्या बढ्नेछ। अरूको विश्वास घट्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। वैदेशिक यात्रा हुनसक्छ।

वृष :  व्यावसायिक अल्झन देखा पर्ला। कार्यमा उत्साह बढ्नेछ। प्राविधिक क्षेत्र सबल बन्नेछ। कला क्षेत्रमा सुधार आउनेछ।

मिथुन : अधुरा काम पूरा हुनेछन्। साहित्यिक क्षेत्रमा प्रगति हुनेछ। अनावश्यक चिन्ता बढ्नेछ। मनग्य आम्दानी हुनेछ।

कर्कट : सुखदु:खमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ।

सिंह :  आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ।

कन्या : प्रतिभा प्रदर्शन गरेरै धेरैलाई अचम्मित पार्न सकिनेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ।

तुला : अधुरा काम पूरा हुनेछन् भने नयाँ काम सुरु गर्ने योग छ। शैक्षिक लगानी बढ्नेछ। मनग्य धन आर्जन हुनेछ।

वृश्चिक : घरायसी काममा रुचि बढ्नेछ। अरूको विश्वास सजिलै जित्न सकिनेछ। मन प्रसन्न रहनेछ। अध्ययनअध्यापनमा आंशिक सुधार आउनेछ।

धनु : धार्मिक कार्यमा रुचि बढ्नेछ। सिर्जनात्मक कार्य हुनेछन्। मानसिक चिन्तन एवं पराक्रम बढ्नेछ। परोपकारी काममा समय बित्नेछ।

मकर : आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। टाढिएका साथीभाइ नजिकिनाले सुखदु:खमा साथ दिनेहरू भेटिनेछन्। काममा विभिन्न अवसर पाइनेछ।

कुम्भ : फाइदा हुने काम प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। आँट गर्दा जटिल कामसमेत सफल हुन सक्छ।

मीन : अध्ययनअध्यापनमा प्रगति हुनेछ। प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।

प्रकाशित: ८ माघ २०८० ५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =