परिवारका सदस्यलाई भए अरूलाई पनि हुन सक्छ क्यान्सर

हिमाल प्रेस ६ माघ २०८० ८:१८ | Saturday, January 20, 2024
परिवारका सदस्यलाई भए अरूलाई पनि हुन सक्छ क्यान्सर

काठमाडौँ- जो व्यक्तिको परिवारका सदस्यमध्ये कसैलाई स्तन क्यान्सर वा अन्य अंगको क्यान्सर भएको इतिहास छ, त्यस्ता व्यक्तिहरूलाई यो रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ। त्यसैले त्यस्ता व्यक्तिहरूले नियमित जाँच र परीक्षण गराउनु पर्दछ।

अनुसन्धानका अनुसार परिवारका एक सदस्यलाई भए अरूलाई हुने सम्भावना बढी हुन्छ। यदि बाबुलाई क्यान्सर भए छोरालाई हुने सम्भावना बढी हुन्छ। यसैले स्वास्थ्य जाँच नियमित गर्नु उचित हुन्छ।

-धुम्रपान गर्नु फोक्सोको क्यान्सर हुनुको प्रमुख कारक तत्व ह ।

-अस्वस्थकर खानपिन गर्ने बानी जस्तैस् बोसोयुक्त खानाको बढी उपभोगले विभिन्न किसिमको क्यान्सर हुने जोखिमलाई बढाउँछ।

यदि निम्नमध्ये कुनै लक्षण देखिएमा तुरुन्तै चिकित्सक कहाँ जँचाउन जानुहोस्स्
− स्तनमा गिर्खा, गाँठागुठी आउनु

− स्तनको निपलबाट असामान्य ढङ्गले विभिन्न रङ्गको तरल पदार्थ बग्नु

− महिनावारी समयमा नहुनु वा अनियमित रगत बग्नु

− खोक्दा रगत आउनु

− शरीरको तौल धेरै घट्नु

स्वस्थकर जीवनशैली अपनाएर माथिका कारक तत्वहरूलाई पन्छाउन सकेमा क्यान्सर हुन सक्ने सम्भावनालाई कम गर्न सकिन्छ। समयमै क्यान्सर रोगको जाँच गर्नाले यसको चाँडो पहिचान गरी सही तरिकाले उपचार गर्न मद्दत गर्दछ।

क्यान्सर रोगको रोकथाम र व्यवस्थापन कसरी गर्ने ?
-स्तनमा गिर्खा वा गाँठागुठीको समयमै पत्ता लगाउन आफैंले स्तनको परीक्षण गर्ने तरिकाबारे जानकारी लिनुहोस् र सिक्नुहोस्। म्यामोग्राफीबारे आफ्नो चिकित्सकसँग सल्लाह लिनुहोस्।

-२० वर्षको उमेरदेखि नै नियमित रूपमा प्याप स्मेयर परीक्षण गराएमा पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाउन सकिन्छ।

-सूर्तिजन्य पदार्थको सेवन र धुम्रपान नगर्ने। यसले तपाईंलाई क्यान्सर मात्र नभई अन्य विभिन्न रोगहरू लाग्ने जोखिम पनि कम गर्दछ।

-सन्तुलित आहारलाई बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने।

-प्रशस्त मात्रामा फलफूल, सागसब्जी र दूधबाट उत्पादित चिल्लो कम भएका सामग्रीको उपभोग गर्ने।

-स्वस्थ रहन नियमित शारीरिक व्यायाम गर्ने र स्वस्थकर जीवनशैली अपनाउने।

-यदि शंकास्पद लक्षण देखिएमा वा तपाईंको परिवारमा कोही व्यक्तिलाई पहिला क्यान्सर भएको इतिहास भएमा आफ्नो जाँच गराउनुहोस्।

-चिकित्सकको सल्लाह लिएर हेपाटाइटिस–बी र एचपीभी विरुद्धको खोप लगाउनुहोस्।

एजेन्सी

प्रकाशित: ६ माघ २०८० ८:१८ | Saturday, January 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast