जन्मदिनको पूजाका लागि चाहिन्छ यस्ता सामग्रीहरू

हिमाल प्रेस ५ माघ २०८० ६:४२ | Friday, January 19, 2024
जन्मदिनको पूजाका लागि चाहिन्छ यस्ता सामग्रीहरू

हिजोआज मानिसहरूले आफ्नो जन्मदिनलाई विशेष रूपमा मनाउन थालेका छन्। दान, पूजापाठ, खानपानलगायतका कार्य गरेर जन्मदिन मनाउने गर्छन्। जन्मदिनको पूजाका लागि भने आवश्यक सामग्रीहरू के के हुन्? पण्डित जगदीश सुवेदीले यसरी बताए।

रेखिको पिठो, अविर, सिन्दुर, केसरी, जौ, तिल, धुप, बत्ति, कपुर, रायो, सर्स्युँ, सर्वोषधी, पञ्चरत्न, काँचो धागो, दही, च्युरा, जनै १० जोर, सुपारी १४ वटा, रातो अक्षता चाहिन्छ।

त्यसैगरी पञ्चामृत (दहि, दूध, ध्यू, मह, सखर) फलफूल, नैवेद्यहरू, पान, मसला, सिङ्गो नरिवल, फूल, माला, दुवो, आँपपिपलको पातहरू, पञ्चपल्लव, दियो, कलश, गणेश, धान, चामल, पूर्णपात्र, चढाउने कपडा सौभाग्य १ सेट चाहिन्छ।

रातो सेतो कपडा चढाउन, पहेंलो वस्त्र अष्टचिरञ्जीविलाई तिलपात्र (तामाथाली, तिल, सुनको प्रतिमा) बली फाल्ने (दाल, चामल, बेसार, फलाम) चाहिन्छ।

टपरी ७ वटा, बोता १५ वटा, पूजा भाँडाहरू, मृत्युजन्य पाठ र अन्य पाठ जपसमेत पोटलिकाको सामग्री (सर्स्युँ निम, दुबो, गोरीचन, हलेदो, गोग्गुल) दक्षिणा, भेटि, खुद्रापैसा आदि चाहिन्छ।

प्रकाशित: ५ माघ २०८० ६:४२ | Friday, January 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast