माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला दोस्रो कार्यकालका लागि नियुक्त

हिमाल प्रेस ५ पुष २०८० १७:२९ | Thursday, December 21, 2023
माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला दोस्रो कार्यकालका लागि नियुक्त

काठमाडौँ– माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला नियुक्त भएका छन्।

बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई दोस्रो कार्यकालका लागि थप चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निणर्य गरेको हो।

कोइरालासँग बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ। पहिलो कार्यकालमा कोइरालाले माछापुच्छ्रे बैंकको वित्तीय सूचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा जोड दिएका थिए। उनको नेतृत्वमा बैंक संस्थागत सुशासनमा पनि अब्बल सावित भएको छ।

प्रकाशित: ५ पुष २०८० १७:२९ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast