काठमाडौँ टेक्निकल स्कुलका घिमिरे महासंघ शिक्षा समितिको उपसभापतिमा मनोनीत

हिमाल प्रेस ५ पुष २०८० १२:२४
10
SHARES
काठमाडौँ टेक्निकल स्कुलका घिमिरे महासंघ शिक्षा समितिको उपसभापतिमा मनोनीत

काठमाडौँ– काठमाडौँ टेक्निकल स्कुलका प्रमुख कार्यकारी अधिकृति (सीईओ) उपेन्द्र शर्मा घिमिरे नेपाल उद्योग वणिज्य महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको उपसभापतिमा मनोनीत भएका छन्।

घिमिरेसँगै समितिको उपसभापतिमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, मेगा कलेजका सहायक क्याम्पस प्रमुख मधुकर पाण्डे पनि उक्त समितिमा मनोनीत भएका छन्।

समितिको सदस्यमा नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)का महासचिव नारायणप्रसाद पौडेल, स्वास्थ्य तथा विज्ञान प्रविधि फोरमका महासचिव निर्मल सापकोटा, नवप्रवर्तन विज्ञ अनिल पराजुली र कन्सर्न नेपालका नवराज खनाल मनोनीत भएका छन्।

त्यसैगरी समितिको सल्लाहकारमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्मा, हिसानका सभापति रमेश सिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुंगाना र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी मनोनित भएका छन्।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मनोनीत सल्लाहकार, उपसभापति तथा सदस्यहरूलाई बुधबार महासंघको सचिवालयमा आयोजित कार्यक्रमबीच मनोनयनपत्र प्रदान गरेका थिए।

प्रकाशित: ५ पुष २०८० १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =