नेपाल र भारतबीच डिजिटल सहकार्य बढाऔँ : सञ्चारमन्त्री

हिमाल प्रेस २६ मंसिर २०८० १९:५७ | Tuesday, December 12, 2023
नेपाल र भारतबीच डिजिटल सहकार्य बढाऔँ : सञ्चारमन्त्री रेखा शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड दिएकी छन्। यहाँस्थित भारतीय दूतावास, नेपाल राष्ट्र बैंक, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाद्वारा संयुक्तरूपमा आज (सोमबार) आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रविधिका क्षेत्रमा सहकार्यका लागि दुवै मुलुकका अधिकारीलाई आग्रह गरेकी हुन्।

‘प्रविधिको विकास र प्रयोगमा सहकार्य गरौँ, यसको प्रयोगबाट समुन्नत राष्ट्र बनाऔँ,’ सरकारका प्रवक्ताको समेत जिम्मेवारी सम्हालेकी मन्त्री शर्माले भनिन्। सूचना प्रविधिको उच्चतम प्रयोगमा भारतको महत्त्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि भारतीय सहयोगले निरन्तरता पाउने अपेक्षा गरिन्।

मुलुकको समग्र विकासका लागि सरकारले सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री शर्माले सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढाइएको जानकारी दिइन्।

प्रकाशित: २६ मंसिर २०८० १९:५७ | Tuesday, December 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast