काठमाडौँमा ‘जम्प’ को प्रिमियर

हिमाल प्रेस २५ मंसिर २०८० १५:३२ | Monday, December 11, 2023
काठमाडौँमा ‘जम्प’ को प्रिमियर

काठमाडौँ– डेब्यू निर्देशक आशुतोषध्वज कार्कीको फिल्म ‘जम्प’ काठमाडौँमा प्रिमियर गरिएको छ।

आइतबार बेलुका बिग मुभिजमा भएको प्रिमियरमा निर्देशक सुवर्ण थापा, निर्मात्री एवम् निर्देशक कृषा चौलागाई, लेखक प्रदिप भारद्वाज, कलाकार प्रशान्त ताम्राकार, अशान्त शर्मा, दिब्य देवलगायत सञ्चारकर्मीको बाक्लो उपस्थित थियो।

प्रिमियरपछि धेरैले फिल्म भिन्न शैलीमा बनेको प्रतिक्रिया दिए। उनीहरुले हलिउड फिल्ममा रुचि राख्नेका लागि विशेष रुचिकर हुनसक्ने बताए।

मनोवैज्ञानिक थ्रिलर जनराको फिल्ममा एउटा एथ्लेटिक्स खेलाडीको कथा प्रस्तुत गरिएको छ। जीवनमा सफलता पाउन मुख्य पात्र दैवी शक्तिको सहारा लिन्छ। जसकारण उसको जीवनमा आइपर्ने उतारचढाव फिल्मको कथा हो।

‘जम्प’ बलिउड फिल्म ‘तुम्बाड’ र ‘रन लोला रन’ जस्ता फिल्म मन पराउनेहरुका लागि रोजाइ हुनसक्ने प्रिमियरमा सहभागी एक फिल्म समीक्षकले बताए। प्रिमियरपछि बोल्दै निर्देशक कार्कीले प्राप्त प्रतिक्रियाहरुबाट आफू उत्साहित बनेको बताए। विज्ञापन फिल्म बनाउँदै आएका कार्कीले अर्को एक फिल्मको तयारीमा रहेको जानकारी दिए।

थोरै बजेटमा यत्तिको फिल्म बन्नु उपलब्धिमुलक रहेको उनको भनाई छ। अहिले नेपालमा बनिरहेका फिल्मको दुई तिहाइ कम बजेटमा तयार भएको बताइएको छ।

सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ। मंसिर २९ मा प्रदर्शन हुने फिल्म निर्देशक कार्कीकै पटकथा लेखन र सम्पादनमा बनेको छ। फिल्ममा विनिता थापा मगर, सरोज श्रेष्ठ, सन्देश शाक्य, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन, प्रवल क‌ँडेललगायत कलाकारको अभिनय छ।

प्रकाशित: २५ मंसिर २०८० १५:३२ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast