
अस्वस्थ खानपान र अस्वस्थ जीवनशैलीका कारण पाचनसम्बन्धी समस्या हुनसक्छ। यी समस्याहरूमा एसीडीटी, पखाला, अपच र कब्जियतजस्ता समस्याहरू पनि हुन्छन्। यहाँ हामीले कब्जियत गराउनसक्ने खानेकुराहरू उल्लेख गरेका छौं।
काँचो केरा
पाकेको केरा खाँदा पाचन क्रियामा सुधार हुन्छ भने काँचो केरा खाँदा कब्जियत हुन सक्छ।
चिया कफी
यदि तपाईंले धेरै चिया र कफी सेवन गर्नुभयो भने यसले कब्जियत पनि निम्त्याउन सक्छ। अत्यधिक चिया कफी सेवनले एसीडीटी, पेट फुल्ने र खाना ढिलो पाचन हुने जस्ता समस्याहरू निम्त्याउन सक्छ।
दूधका उत्पादनहरू
दुधजन्य खानेकुरा खाएपछि कतिपयलाई कब्जियतको समस्या पनि हुन सक्छ। दूध, घिउ, दही धेरै मात्रामा सेवन गर्दा कब्जियत हुन सक्छ। यसमा धेरै मात्रामा ल्याक्टोज हुन्छ जसका कारण यसको सेवनले एसीडीटी, ब्लोटिंग वा कब्जियत जस्ता समस्या हुन सक्छ।
जंक फूड
अत्यधिक जंक फूड खाँदा पनि कब्जियत हुन्छ। जंक फूडले खाना पचाउन गाह्रो बनाउँछ। यसले पेट फुल्ने, एसीडीटी र कब्जियत जस्ता समस्या निम्त्याउन सक्छ।
प्याकेज गरिएको र प्रशोधित खानाहरू
यदि तपाईंले धेरै प्याकेज गरिएको र प्रशोधित खाना खानुभयो भने यसले पाचन समस्या पनि निम्त्याउन सक्छ।
बिहान खाली पेटमा चिया वा कफीको सट्टा मनतातो पानी पिउनाले पनि कब्जियतबाट राहत पाउन सकिन्छ। वन्लीमाइहेल्थबाट अनुवाद