
बिहानै पार्कमा वा फुटपाथमा मानिसहरू दौडिरहेको देख्नुभएको होला। हरेक दिन यसरी दौडनुले मुटुलाई स्वस्थ राख्न र हृदय रोगको जोखिम कम गर्न मद्दत गर्दछ।
तपाईं जिम गएर पनि कसरत गर्न सक्नुहुन्न। दिनमा ३० मिनेट कसरत गर्नाले तपाईंलाई स्वास्थ्यलाभ मिल्छ। शरीरको तौल घट्नुका साथै मानसिक स्वास्थ्य पनि सुधार हुन्छ।
उच्च रक्तचाप रोगीका लागि लाभदायक
उच्च रक्तचापको समस्या भएका वा बीपी नियन्त्रणमा नभएका व्यक्तिहरूका लागि दैनिक दौडनु धेरै हिसाबले फाइदाजनक हुनसक्छ। जब तपाईं बिस्तारै दौडनुहुन्छ यसो गर्दा रक्तनलीहरू फैलिन्छ र रक्तचाप नियन्त्रणमा रहन्छ।
मानसिक स्वास्थ्य सुधार
यो तनाव, चिन्ता र डिप्रेसन जस्ता अवस्थाहरूमा सुधार गरेर मानसिक स्वास्थ्यलाई बलियो बनाउन प्रभावकारी व्यायाम हो। तपाईं बिस्तारै दौडँदा हाम्रो मस्तिष्कले एन्डोर्फिन भनिने राम्रो महसुस गर्ने हर्मोनहरू निस्कन्छ। जसले तपाईंको मुडलाई सुधार्छ र खुसी बनाउँछ।
तौल घटाउन मद्दत
शरीरको अत्यधिक तौलले धेरै रोगको जोखिम बढाउँछ। तर दौडले तपाईंलाई अनावश्यक क्यालोरीहरू घटाउन र तौल व्यवस्थापन गर्न मद्दत गर्छ। तौल घटाउन चाहानुहुन्छ भने यो व्यायाम तपाईंको लागि धेरै उपयोगी हुन सक्छ।
राम्रोसँग निद्र लाग्छ
माथि उल्लेख गरेझैं दैनिक दौडले मानसिक स्वास्थ्यमा सुधार गर्छ। यसले थकान र तनाव कम गरेर मुड सुधार्छ। यसले तपाईंलाई आराम महसुस गराउँछ र राति चाँडै निद्रा लाग्छ। वन्लीमाइहेल्थ डटकमबाट अनुवाद