
नेपालगञ्ज- बाँकेमा थप १०९ जनालाई एचआईभी संक्रमण देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा १७ हजार ३२८ जनामा एचआईभी परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज (बिहीबार) यहाँ आयोजना गरिएको पत्रकारसँंगको अन्तरक्रियामा स्वास्थ्य कार्यालय बाँकेका एचआईभी सम्पर्क व्यक्ति रविन्द्र साहले बाँकेमा अहिले ५५६ एचआईभी संक्रमितले एआरटी सेवा लिइरहेको जानकारी दिए।
५५६ मध्ये ४१० बाँके जिल्लाका भएको बताइएको छ। भेरी अस्पतालमा सन् २००४ देखि एआरटी सेवा सुरु भएको हो।
सरकारले एआरटी सेवा निःशुल्क रूपमा प्रदान गरिरहेको छ। बाँकेमा एचआईभी एड्सबाट अहिलेसम्म १७२ जनाको मृत्यु भएको तथ्यांक छ। रासस
प्रकाशित: १४ मंसिर २०८० २०:५४
प्रतिक्रिया