भदौ २८ मा ‘तेल भिसा’ प्रर्दशन

हिमाल प्रेस १२ मंसिर २०८० १५:०५ | Tuesday, November 28, 2023
भदौ २८ मा ‘तेल भिसा’ प्रर्दशन

काठमाडौँ– आगामी वर्ष भदौ २८मा फिल्म ‘तेल भिसा’ प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै भदौ २८ गते फिल्म प्रदर्शन गर्ने घोषणा गरेका हुन्।

फिल्ममा शंकर घिमिरेको लेखन तथा निर्देशन रहनेछ। उनले १२ वर्षपछि फिल्म निर्देशक गर्देछन्।

डायस्पोरामा नेपाली जाने र उतै स्थापित हुने नेपाली समाजको बदलिँदो स्थितिलाई विषयवस्तु बनाइएको छ।

फिल्ममा कलाकार विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे र बुद्धि तामाङ अनुबन्धित भइसकेका छन्। अन्य कलाकार छनोट कार्य भइरहेको निर्माण टिमले जनाएको छ।

आगामी चैतको दोस्रो साताबाट छायांकन सुरु गरिने भनिएको छ। फिल्म सुशन प्रजापतिको छायांकन गर्नेछन्।

फिल्ममा विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईंको लगानी छ। फिल्म सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयुक्त ब्यानरमा बन्नेछ।

प्रकाशित: १२ मंसिर २०८० १५:०५ | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast