तिमी-तिमी भैदिनू!!

विराज भूर्तेल २ मंसिर २०८० १२:५० | Saturday, November 18, 2023
तिमी-तिमी भैदिनू!!

म दृश्य भैदिए,
तिमी नयन भैदिनू!
म अदृश्य भए,
तिमी आफैँ छाइदिनू!
मेरो घाउमा मल्हम,
तिमी आफैँ लाइदिनू!!
आइपरे बाधा,
अन्तै तर्काइदिनू!!
दु:खजति सबै,
उल्टो फर्काइदिनू!!

मैले बाटो भुलेमा,
तिमी आफैँ आइदिनू!
मायाका रङहरू,
तिमी आफैँ ल्याइदिनू!
हर्षका गीतहरू,
तिमी आफैँ गाइदिनू!
सपनाका गन्तव्य,
तिमी आफैँ धाइदिनू!
नभ्याए मैले,
तिमी आफैँ भ्याइदिनू!
मैले गुमाएका पल,
तिमी आफैँ बाँच्दिनू!
तिम्रो-मेरो साथ,
जन्मजन्म साच्दिनू!
हाम्रो मायाको कथा,
मलाई सम्झाइदिनू!
झस्किएँ भने,
चस्स ब्युँझाइदिनू!

मलाई यति भए पुग्छ,
तिमी-तिमी भैदिनू,
तिमी-तिमी भैदिनू!!

प्रकाशित: २ मंसिर २०८० १२:५० | Saturday, November 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast