गौमाताको पूजाअर्चना [तस्बिरहरू]

दिपेश श्रेष्ठ २७ कार्तिक २०८० १२:१४ | Monday, November 13, 2023
गौमाताको पूजाअर्चना [तस्बिरहरू]

काठमाडौँ-  तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन परम्परा हो। गाईको दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी श्रद्धा गरिन्छ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व रहेको आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ।

सनातनीहरूले गाईको दूधमात्रै होइन गोबर र गहुँतलाई पनि पवित्र मान्दै आएका छन्। हरेक संस्कारमा आवश्यक पर्ने पञ्चगव्य र पञ्चामृत गाईको दूधबाटै तयार पारिन्छ। शास्त्रहरूमा गाईलाई विश्वकै जननीका रूपमा व्याख्या गरिएको पाइन्छ। यस्तै कुनै पनि धार्मिक काम गर्दा गोदान गर्ने सनातन परम्पराले पनि गाईको महत्त्वलाई थप स्पष्ट पार्छ।

कृषिप्रधान देश नेपालमा गाईलाई पशुधनका रूपमा पनि लिइन्छ। गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। सोमबार पशुपति क्षेत्रको राम मन्दिर परिसरमा रहेको गौशालामा वटुकहरूले शास्त्रीय विधिपूर्वक पूजाआजा गरिएको छ।

प्रकाशित: २७ कार्तिक २०८० १२:१४ | Monday, November 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast